भारतमा थप २१ हजार २२२ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । भारतमा थप २१ हजार २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३ लाख २४ हजार ६३१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २६६ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ४७१ पुगेको छ ।

हालसम्म भारतमा ९९ लाख २६ हजार ५२७ जना निको भएका छन् । गत २४ घण्टामा २४ हजार ५९८ जना संक्रमणमुक्त भएका हुन् ।

हाल भारतमा २ लाख ४८ हजार ६३३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोना संक्रमणबाट भारत विश्वकै दोस्रो प्रभावित मुलुक हो ।

कमेन्ट गर्नुहोस्
Share: