कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Share:

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

तर सभापति शेरबहादुर देउवा भने संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलनमार्फत् अदालतलाई दबाब दिन नहुने पक्षमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: