
काठमाडौँ । नेपालमा थप ४०३ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये हालसम्म २ लाख ५५ हजार ८८ जना निको भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८८५ पुगेको छ।
देशभर हाल ५ हजार २८९ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल २४३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २०९ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। हाल ३४२ जना क्वारेन्टीनमा छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ४०१ नमुना परीक्षण भएको छ भने हालसम्म नेपालमा १९ लाख ५२ हजार ९०३ परीक्षण भएको छ ।
