आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशभरको मौसम बुधबार (आज) सामान्य देखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशनखाले जनाएको छ ।

महाशनखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

बुधबार दिउँसो देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भु–भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: