ट्रम्पका समर्थकले गरे अमेरिकी संसद भवनमा आक्रमण, झडपमा ४ जनाको मृत्यु

Share:

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न लागिरहँदा ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर आक्रमण गरेका हुन् ।

यस हिंसामा ४ जनाको मृत्यु भएको बुझिएको छ । प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको जनाइएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: