प्रचण्ड आज स्वदेश फर्कंदै

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) स्वदेश फर्कंदैछन्।

पुस २० गते पत्नी सीताको उपचारका लागि भारत गएका प्रचण्ड आज साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ।

उनकी पत्नी सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छिन्।

यसअघि पनि उनलाई उपचारका लागि भारत, अमेरिका, सिंगापुरलगायतका अस्पतालमा लगिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: