
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले आज प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको हो।
प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
यही पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
यो पनि पढ्नुहोस्ः
शनिबार काँग्रेसको प्रदर्शन, कास्कीमा तयारी पूरा
कमेन्ट गर्नुहोस्
