कोरोना संक्रमणबाट भुटानमा पहिलो मृत्यु

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।

भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा उपचाररत ३४ वर्षीय संक्रमित पुरूषको बिहिबार उपचारकै क्रममा मृत्यु भएको हो।

कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषमा डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएको थियो ।

भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: