आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

Share:

पोखरा । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै छ ।

लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।

आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिंदैछ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौँसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बनेका थिए ।

आज नागरिकस्तरबाट राजधानीको शान्तिवाटिकाबाट बृहत -यालीको समेत आयोजना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि छुट्टै कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: