
पोखरा । पोखराका १३ सहित गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ४० जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १३ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, पर्वत र नवलपुरका ९/९ जना, बाग्लुङका ४ जना, म्याग्दीका २ जना तथा गोरखा, तनहुँ र लमजुङका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ का ४० वर्षीय पुरुष, वडा नं.८ का ८४ वर्षीय पुरुष, वडा नं.१० की ५७ वर्षीया महिला, वडा नं.१२ की ३३ वर्षीया महिला, वडा नं.१३ का ३४ वर्षीय पुरुष, वडा नं.१४ का ३३ वर्षीय पुरुष, वडा नं.१५ का ४४ र ६२ वर्षीय पुरुष तथा २४ वर्षीया महिला, वडा नं.२० का ४५ वर्षीय पुरुष, वडा नं.२५ की ५२ वर्षीया महिला, वडा नं.३१ का ३५ वर्षीय पुरुष तथा २६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
पर्वतको पैँयु वडा नं. ३ की ७७ वर्षीया महिला, वडा नं.७ का २५ वर्षीय पुरुष, कुश्मा वडा नं. ३ का ५६ वर्षीय पुरुष, वडा नं. ४ का ३२ वर्षीय पुरुष, वडा नं.५ का २४ र २६ वर्षीय पुरुष, वडा नं.१३ का ३० वर्षीय पुरुष, फलेबास वडा नं.६ का २७ वर्षीय पुरुष, जलजला वडा नं.३ का ५१ वर्षीय पुरुष, नवलपुरको गैंडाकोट वडा नं.१३ का ५५ वर्षीय पुरुष, देवचुली वडा नं.१२ की ३४ वर्षीया महिला, वडा नं.१५ का ३२ वर्षीय पुरुष, कावासोती वडा नं.२ का २७ वर्षीय पुरुष तथा १० वर्षीया बालिका सहित ५७ वर्षीया महिला, वडा नं.८ का २४ र ६१ वर्षीय पुरुष, वडा नं.१३ का ५७ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. २ का ४९ वर्षीय पुरुष, जैमिनी वडा नं.७ का ६३ वर्षीय पुरुष, वडा नं.८ का ५७ वर्षीय पुरुष, ढोरपाटन वडा नं.२ का ६५ वर्षीय पुरुष, म्याग्दीको मंगला वडा नं.२ का ५७ वर्षीय पुरुष, मालिका वडा नं.७ की २७ वर्षीया महिला, गोरखाको शहिद लखन गाउँपालिका वडा नं.७ का ३७ वर्षीय पुरुष, तनहुँको घिरिङ वडा नं.२ की ८० वर्षीया महिला एवं लमजुङको बेशीसहर वडा नं.१६ का ६८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार पुगेको छ ।
