च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु

Share:

पोखरा । महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ ।

करिब ४० जना महिलाहरुको सहभागी रहेको सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङले गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै गुरुङले कोरोनाको कारणले उत्पादन र रोजगारीमा पुगेको क्षतीलाई यस तालिमले केही भए पनि राहत प्रदान गर्ने बताइन् । उनले यस्ता तालिमहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै तालिम पश्चात् व्यक्तिगत जिवनमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

उनले महिला दिदिबहिनीहरुले कुनै पनि घरायसी समस्या भएको खण्डमा महानगरपालिकामा सम्पर्क गर्न अनुरोध गरिन्।

सोही कार्यक्रममा बोल्दै महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्थाको गतिविधि, कोरोनाले निम्त्याएका समस्या, बेरोजगारी, हस्तकला उत्पादन र बजारीकरणको समस्या बारेमा आफ्नो धारणा राखिन् ।

उक्त तालिमको बारेमा टि–हेल्पका प्रशिक्षक डा.आनन्द शोभा ताम्रकारले आफ्ना भनाई राखेका थिए ।

दुई दिवसीय तालिम पोखरा ८ र २७ मा दुई चरणमा ४०र४० गरी ८० जना महिला दिदीबहिनीहरुलाई प्रदान गरिने लक्ष्य रहेको छ ।

महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन विष्णु प्रसाद बरालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: