भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो

Share:

पोखरा । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघेको छ ।

गत २४ घण्टामा थप १७ हजार १५ जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या १ करोड ५ लाख १२ हजार ८३१ पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।

तीमध्ये भारतमा १ करोड १ लाख ४६ हजार २५४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार ७९७ जना निको भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २०१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ ।

हाल भारतमा २ लाख १४ हजार ८१२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: