
पोखरा । देशभर थप ४०३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६१ महिला र २४२ पुरुष गरी ४०३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।
तीमध्ये हालसम्म निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ४०५ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ ।
हाल देशभर ४ हजार ४२६ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा गत २४ घण्टामा ५ हजार ३२ परिक्षण भएको छ भने हालसम्म २० लाख २ हजार ४१ परिक्षण भएको छ ।
