
पोखरा । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार युवती गम्भिर घाईते भएकी छन् ।
शुक्रबार दिउँसो १ बजे कास्की पोखरा महानगरपालिका–९ चाईना पुलमा MS 48 AJ 2289 नम्बरको ट्रकले ग १७ प ७०६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा सप्तरी जिल्ला महादेव गाउँपालिका–९ घर भई हाल कास्की पोखरा–१२ रानिपौवा बस्ने वर्ष २२ की सुस्मिता शर्मा गम्भिर घाईते भएकी छन् । उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
कमेन्ट गर्नुहोस्
