
पोखरा । देशभर थप २७० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९० महिला र १८० पुरुष गरी २७० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट थप ३९० जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर ४ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा २३१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४ परिक्षण भएको छ भने हालसम्म २० लाख ५ हजार १२५ परिक्षण भएको छ ।
