प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै सुनुवाइ हुने

Share:

काठमाडौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ ।

वृहत पूर्ण इजालस गठन गर्नुपर्ने मागलाई संवैधानिक इजालसले अस्वीकार गरेको हो । शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सहभागी रहेको इजलासले रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको माग बमोजिम नपर्ने आदेश दिएको छ ।

अब प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आइतवारदेखि संवैधानिक इजलासमा निरन्तर हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: