आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । आइतबार (आज) देशका केही भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आइतबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: