
पोखरा । छिमेकी मुलुक भारतमा थप १५ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको वल्र्डाेमिटर्सले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १८१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३११ पुगेको छ ।
भारतमा हालसम्म १ करोड १ लाख ९६ हजार १८४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार ३०१ जना निको भएका हुन् ।
हाल भारतमा २ लाख १० हजार २१५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
अहिले सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा भारत दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
