पोखरामा जीप दुर्घटनाः २ जनाको मृत्यु, ७ घाइते

Share:

पोखरा । पोखरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

शनिबार साँझ पोखरा–२५ हेमजाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा २ च ७४१० नं. को जीप पोखरा–बागलुङ राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परी पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जीपमा नौ जना सवार रहेकामा घाइते ७ जनाको सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्
Share: