
पोखरा । पोखराबाट लागूऔषधसहित सोमबार दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँके जिल्ला कोहरपुर नगरपालिका घर भई पोखरा–१७ बस्दै आएका २७ वर्षीय विशाल राना मगर र बर्दिया ठकुरद्वार नगरपालिका घरभई पोखरा–१७ बस्दै आएका २९ वर्षीय मिन रानाभाट रहेका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ हिमचुली मार्गबाट सोमबार लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रानाभाटको कोठाबाट प्रहरीले डाइजापाम १० एम्पुल, फेनरागन १० एम्पुल, नूर्फिन १० एम्पुल, मोवाइल दुई थान र नगद १८ हजार रुपैयाँ बरामद गरेको छ ।
उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
