भारतमा थप १४ हजार ४८१ जनामा कोरोना पुष्टि, १६१ को मृत्यु

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १४ हजार ४८१ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६ लाख २६ हजार २०० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १६१ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ६७ पुगेको छ ।

हालसम्म भारतमा १ करोड २ लाख ८२ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १७ हजार ७२६ जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ९० हजार २४४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

भारत कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस्
Share: