
तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।
बिहीबार आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ग १ त ३७७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएका छन् ।
प्रहरीले ट्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
