
पोखरा । कास्कीका ५० सहित गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ७३ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै ५० जना रहेका छन् । तीमध्ये माछापुच्छ्रे गाउँपालिकाका १ जना हुन् भने यन्य सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, बाग्लुङका १० जना, तनहुँका, म्यग्दी र पर्वत ४/४ जना तथा लमजुङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का २७, ८१ र ५७ वर्षीय पुरुष तथा ५६, ८१ र ७६ वर्षीया महिला, वडा नं.२ का २६ र २३ वर्षीय पुरुष, वडा नं.३ का ४२ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, वडा नं.४ का ३६ र ४० वर्षीय पुरुष तथा ३२ र ४० वर्षीया महिला, वडा नं.५ का ५०, ३३ र ४९ वर्षीय पुरुष, वडा नं.६ की २८ वर्षीया महिला, वडा नं.७ की ३६ वर्षीया महिला, वडा नं.८ का ३२ र ३७ वर्षीय पुरुष, वडा नं.९ का ३२ वर्षीय पुरुष, वडा नं.१० का ५६ र ३० वर्षीय पुरुष तथा ७० वर्षीया महिला, वडा नं.१२ का ६० वर्षीय पुरुष, वडा नं.१४ का ५६ र ६३ वर्षीय पुरुष, वडा नं.१५ का ६० वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं.१६ का ५५ वर्षीय पुरुष, वडा नं.१७ का २४ र ३५ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.२२ की ३५ वर्षीया महिला, वडा नं.२७ का १९, ३८ र ५८ वर्षीय पुरुष तथा ५६ वर्षीया महिला, वडा नं.३० का २०, २३, ३९ र ५० वर्षीय पुरुष तथा २८, ३४ र ४८ वर्षीया महिला, वडा नं.३२ का ७८ वर्षीय पुरुष तथा ४८ र ५१ वर्षीया महिला तथा माछापुच्छ्रे गाउँपालिका वडा नं.५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं. १ का २२, २७ र ५८ वर्षीय पुरुष, वडा नं.२ का ३२ र ४२ वर्षीय पुरुष, वडा नं.९ का ३० वर्षीय पुरुष, काठेखोला वडा नं.२ की २६ वर्षीया महिला, वडा नं.६ का ४८ वर्षीय पुरुष, ताराखोला वडा नं.३ का २१ वर्षीय पुरुष, जैमिनी वडा नं.७ का २७ वर्षीया पुरुष, तनहुँ शुक्लागण्डकी वडा नं.१० की ४७ वर्षीया महिला, भानु वडा नं.४ का १९ र ४२ वर्षीया महिला, व्यास वडा नं.११ का ३८ वर्षीय पुरुष, म्याग्दी अन्नपूर्ण वडा नं.२ का ५६ वर्षीय पुरुष, बेनी वडा नं.२ का ७५ वर्षीय पुरुष, वडा नं.८ का ६० र ६१ वर्षीय पुरुष, पर्वत फलेबास वडा नं.३ का २६ वर्षीय पुरुष, वडा नं.१० का २५ वर्षीय पुरुष, कुश्मा वडा नं.२ का ४३ वर्षीय पुरुष, वडा नं. ४ का ५१ वर्षीय पुरुष एवं लमजुङ बेशीसहर वडा नं.२ का ६० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३३८ पुगेको छ ।
