
पोखरा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहिबार सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहिबार चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
