भारतमा १२ हजार ९२१ कोरोना संक्रमित थपिए

Share:

पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा १२ हजार ९२१ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ५०३ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ३ लाख २८ हजार ७३८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १२ हजार ६४२ जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ८६ हजार ११५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस्
Share: