नेकपा विभाजनलाई आयोगले मान्यता दिएन

Share:

काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेका निर्णयहरु अवैधानिक ठहर गरेको छ।

आयोगले पुस ५ गते यता नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहले गरेका कुनै पनि निर्णय पार्टीको विधान सम्वत नरहेको निर्णय गरेको हो ।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।

यससँगै कानूनी रुपमा नेकपा एक नै मानिने छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै छन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहनेछ ।

यसका साथै आयोगले थप प्रक्रिया अपनाउन सोमबार दुबै समूहलाई पत्र पठाउने जनाएको छ।

संसद विघटन लगतै प्रचण्ड–माधव समूहले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो भने आइतबार साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

ओली समूहले भने केन्द्रीय कमिटी विस्तार गरेको थियो । दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबैको दाबी नपुगेको ठहर गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: