
पोखरा । कलाकार धनबहादुर गायकको सोमबार (आज) पोखरामा निधन भएको छ ।
पोखरा–१६ निवासी ५९ वर्षीय गायकको आज बिहान ०८ः१० बजे उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
उच्च रक्तचापबाट पीडित गायक शनिबार अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो ।
उनको यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली लगायतका गीतहरु चर्चित छन् ।
उनी राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा संगीत शिक्षक पनि रहेका थिए ।
उनले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा–१६ बाटुले चौरस्थित गन्धर्व पाठशाला सञ्चालनमा ल्याएर गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउँदै आइका थिए ।
कमेन्ट गर्नुहोस्
