सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

Share:

पोखरा । स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ ।

सोमबार तोलामा एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: