संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस

Share:

काठमाडौँ । संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आज (मंगलबार) सिठ्ठी जुलुस गर्दैछ।

आज दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुने जनाइएको छ।

उक्त पक्षको संघर्ष समितिले सोमबार मात्रै पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौँमा युवा -याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौँमा वृहत विरोध प्रदर्शनलगायत छन् ।

यसैगरी, तेस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत प्रचण्ड–माधव पक्षले माघ १५ मा बुटवलमा, माघ १६ मा विराटनगरमा, १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ ।

यसअघि सो पक्षले संसद विघटनविरुद्ध काठमाडौँमा वृहत शक्ति प्रदर्शन गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: