भारतमा थप ११ हजार ७५२ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी मुलुक भारतमा गत २४ घण्टामा थप ११ हजार ७५२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७ लाख २ हजार ३१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १३४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ८८५ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ३ लाख ७२ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १४ हजार ४९० जना निको भएका हुन् ।

हाल भारतमा १ लाख ७५ हजार ३२८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

हाल भारत सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देशको सूचिमा दोस्रो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: