आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । देशका केही पहाडी भू–भागमा आंशिक बदली रहे पनि अन्य स्थानमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकोले थोरै स्थानमा मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशको पहाडी भू–भागमा थोरै स्थानहरुमा र तराईका अधिकांश भू–भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: