
पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १३ हजार ६५ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ४७ हजार ९१ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १२८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ३१२ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ४ लाख २२ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप १४ हजार ७५ जना निको भएका हुन् ।
हाल भारतमा १ लाख ७० हजार ६७० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
