साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

Share:

पोखरा । गायक साहिल खड्काको आधुनिक गीतिएल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ ।

खड्काको आफ्नै यूट्युब च्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गीत सार्वजनिक भएको हो ।

सार्बजनिक गीतमा खड्का स्वयम्को शब्द, संगित रहेको गीतमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ ।

माया पिरतीको विषय बस्तुमा आधारित गितमा बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

रोमन बज्रचार्यको संयोजन रहेको गीतमा बासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथ दिएका छन् । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा विगत ७ वर्ष देखि नेपालीगित संगितको क्षेत्रमाक्रियाशिल खड्काले यस अघि ‘त्यो मनमा…’, ‘के यो मायाहो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

गीत संगितको क्षेत्रमा नयाँ पन ल्याउन चाहने गायक खड्काले यस पटक पूर्वेली लोक भाकालाई आफ्नै शब्दमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नेपाली गित संगितको क्षेत्रमा केही नयाँपन दिन खोजेको छु, पक्कै दर्शक स्रोताले मन पराई दिनुहुने छ ।’

कमेन्ट गर्नुहोस्
Share: