संसद विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

Share:

काठमाडौँ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशभर प्रदर्शन गर्दै छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: