
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाँदैछ ।
सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्ने निर्णय गरेसँगै आज मध्याह्न आयोगमा जान लागेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड–माधव समूहले गरेको छ ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने निष्कर्ष निकालेको थियो ।
कमेन्ट गर्नुहोस्
