
पोखरा । देशभर केही दिनदेखि मौसममा भइरहेको बदली आज (आइतबार) देखि क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आज पनि केही स्थानको मौसम भने प्रभावित रहनेछ ।
अहिले बिहान प्रदेश १ पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ।
आइतबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, राति प्रदेश १ को पहाडी भू–भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सामान्य रहनेछ ।
कमेन्ट गर्नुहोस्
