
पोखरा । पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भइ देशका अन्य क्षेत्रको मौसम आज सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
कमेन्ट गर्नुहोस्
