विश्वभर १० करोड ६६ लाख बढीमा कोरोना संक्रमण, ७ करोड ८५ लाख संक्रमणमुक्त

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ६६ लाख ७६ हजार २२४ पुगेको छ ।

गत २४ घण्टामा थप ३ लाख ४५ हजार २६२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा ७ हजार ७७८ जना संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख २६ हजार ७७३ पुगेको वल्र्डोमिटसले जनाएको छ ।

तीमध्ये ७ करोड ८५ लाख २० हजार ४५७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ३ लाख ९० हजार ३९१ जना निको भएका हुन् ।

हाल विश्वभर २ करोड ५८ लाख २८ हजार ९९४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ३ हजार ७७३ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ७६ लाख ११ हजार ४०३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ७३ लाख ५४ हजार ३८८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार ९३३ पुगेको छ ।

हाल अमेरिकामा ९७ लाख ८२ हजार ८२ सक्रिय संक्रमित छन् । ती मध्ये २१ हजार ९०७ गम्भिर बिरामी रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: