भारतमा थप ११ हजार ६७३ जनामा कोरोना संक्रमण

Share:

पोखरा । छिमेकी देश भारतमा थप ११ हजार ६७३ जनामा कोरोना (कोभिड–१९) पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख ३८ हजार ८४३ पुगेको हो ।

तीमध्ये १ करोड ५ लाख ३३ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ११ हजार ६६७ जना निको भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ८६ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

हाल भारतमा १ लाख ५० हजार ६५३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: