भलिवलका पूर्व राष्ट्रिय खेलाडी वस्नेतको स्मृतिमा अक्षयकोष स्थापना

Share:

पोखरा । भलिवलका पूर्व राष्ट्रिय खेलाडी उदय बहादुर वस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लवले अक्षयकोष स्थापना गरेको छ ।

क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय वस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरी एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए ।

कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु्याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद दश हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले बताए ।

उक्त अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने गरी नियमावली बनाउन क्लवले कार्य समिति सदस्य एवं भलिवलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र व. बस्नेतलाई जिम्मेवारी दिएको छ ।

खेल तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पु्याएका स्वर्गीय बस्नेत भलिवलका पुर्व राष्ट्रिय खेलाडी तथा कास्की जिल्ला भलिवल संघका संस्थापक अध्यक्ष रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: