
काठमाडौँ । आज बिहानै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु भएको नेपालको ओलाङचुङगोला चीनसँगको सिमाना हो ।
भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा गरिएको थियो ।
भूकम्पबाट अहिलेसम्म के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।
कमेन्ट गर्नुहोस्
