म्याराथन सफल बनाउनेमा सबैको भूमिका अपरिहार्य– प्रजिअ ढकाल

Share:

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की सहित विभिन्न सुरक्षा निकायका प्रमुखहरुले प्रतिवद्धता जनाएका छन् ।

मञ्चको आयोजनामा सम्पन्न एक अन्तक्रिया कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले पोखराको गरिमा बोकेको पोखरा म्याराथन सफल बनाउनुपर्ने कुरामा उत्तिकै महत्वपूर्ण भूमिका हुनुपर्ने कुरामा जोड दिए । उनले भने–“कोभिड १९ को विचमा समेत पोखरा म्याराथनको निरन्तरता हुनु महत्वपूर्ण छ। यसले समाजलाई खेलकुदको माध्यमबाट स्वास्थ्यका लागि समेत खेलकूद अपरिहार्य छ भन्ने सन्देश दिने काम गरेको छ ।”

सो अवसरमा वोल्दै कास्की प्रहरीका प्रमुख प्रहरी उपरिक्षक जिवन कुमार श्रेष्ठले नेपाल प्रहरीले विगतमा झैं पोखरा म्याराथन सफल बनाउनका लागि शुरक्षा सँगै आवश्यक शुरक्षाका उपायहरुलाई अझै बढी सबैको सहयोग रहने प्रतिवद्धता जनाए ।

फागुन १ गते म्याराथन सहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन)का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यसैगरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: