
पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४ सयले घटेको छ ।
आज छापावाला सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रति तोला रु ९१ हजार कायम गरिएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको हो ।
कमेन्ट गर्नुहोस्
