नेतृ झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–माधव समूहको माग

Share:

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै बोलेकै भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु राज्यको मनलाग्दी कार्य भएको र यसले कानुनी शासनको खिल्ली उडाएको बताएका छन् । ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर राज्यविरुद्धको कसुर गरेको भन्दै बिहीबार झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: