विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ करोड नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या ८ करोड नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ४ लाख २ हजार ८२२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ८ करोड ८ लाख ७४ हजार ८३५ पुगेको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या १० करोड ८७ लाख १३ हजार ४१७ पुगेको छ ।

गत २४ घण्टामा थप ४ लाख २३ हजार १८६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा १२ हजार ३५६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ६१५ पुगेको छ ।

हाल विश्वभर २ करोड ५४ लाख ४५ हजार ९६७ सक्रिय संक्रमित छन् । ती मध्ये ९९ हजार ३९२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८१ लाख ६ हजार ७०४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८० लाख ४० हजार ३१२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ५२१ पुगेको छ ।

हाल अमेरिकामा ९५ लाख ७३ हजार ८७१ सक्रिय संक्रमित छन् । ती मध्ये १९ हजार ९२७ गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: