
पोखरा । देशका अधिकांश क्षेत्रको मौसम आज आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुका कारण देशभरको मौसम प्रभावित भएको हो ।
अहिले बिहान देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ ।
आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ।
यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।
