
पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको कुल संख्या १० करोड ९३ लाख ८१ हजार ७२ पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप २ लाख ९० हजार ७९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, गत २४ घण्टामा ६ हजार ७९२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख १० हजार ९४८ पुगेको छ ।
हालसम्म विश्वभर ८ करोड १६ लाख १५ हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ४५ हजार ९८१ जना निको भएका हुन् ।
हाल विश्वभर २ करोड ५३ लाख ५४ हजार ९०५ सक्रिय संक्रमित छन् । ती मध्ये ९८ हजार ४९८ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या २ करोड ८२ लाख ६१ हजार ४७० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा १ करोड ८२ लाख २४ हजार २८८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ४ लाख ९७ हजार १७४ पुगेको छ ।
हाल अमेरिकामा ९५ लाख ४० हजार ८ सक्रिय संक्रमित छन् । ती मध्ये १९ हजार ४०० गम्भिर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।
