
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार थप १६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र बाग्लुङ जिल्लाका १६ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै १५ जना छन् भने बाग्लुङको बाग्लुङ नगरपालिकाका एक जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ९०१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ४३८ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २५८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २३४ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ९४ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २९ हजार ५९९ नमुना परिक्षण भएको छ ।
