
काठमाडौँ । सरकारले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप नेपाल आइपुगेको छ ।
आइतबार दिउँसो एयर इन्डियाको विमानबाट १० लाख डोज ‘कोभिशिल्ड’ खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौताअनुरुप पहिलो खेपको खोप आएको हो ।
खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
