गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनमा मिश्र

Share:

पोखरा । गण्डकी अटोमेकानिकल वक्र्स एसोसियसनको १३औं अधिवेशनले सन्तोष मिश्रको अध्यक्षतामा निर्बिरोध कार्य समिति चयन गरेको छ । सो समितिको बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सुवेदी,उपाध्यक्ष कृष्ण बहादुर खाँण,महासचिव योगेन्द्र राज भण्डारी, सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्ष अर्जुन प्रसाद उप्रेती, सह–कोषाध्यक्ष सोमबहादुर गुरुङ्ग चयन भएका छन्। सो समिति सदस्यहरुमा सन्तोष कुमार राउत कुर्मी, भीमप्रसाद पौडेल, निहाल अन्सारी, जीजीधन बैठा, नरेश कुमार कुर्मी, हिमाल तिमल्सिना, लिला बहादुर सुनार, विजेन्द्र चौधरी, उप–समिति संयोजकहरुमा मुक्तिकुमार अर्याल, हुमराज भण्डारी, जयप्रकाश शर्मा, ताजउधीन खान रहेका छन् ।

सो साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले व्यवसायलाई असर पर्ने बन्द हड्ताल विरुद्ध सबै व्यवसायी लाग्न पर्ने र अटोल्याण्ड निर्माणमा संघले सहयोग गर्ने बताए । अटोल्याण्ड छनौट समितिका संयोजक एवं पुर्व अध्यक्ष सनत कुमार भट्टराईले व्यवस्थित अटो व्यवसाय संचालनका लागि सरकार र स्थानीय निकायले वास्ता नगरेकोले चरणबद्ध आन्दोलन गरिने बताए । महासंघका केन्द्रिय उपाध्यक्ष शुवर्णमान नकर्मीले व्यवसायीको एकताको लागि एशोसियसनले रचनात्मक कार्यक्रम गनुपर्ने बताए, महासंघका केन्द्रिय कोषाध्यष कुल बहादुर नेपालीले व्यवसाय संचालनमा असहयोगका कारण व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आएकोले सबै व्यवसायी एक हुनुपर्ने बताए ।

निर्वाचित कार्य समितिलाई वरिष्ठ अधिवक्ता, निर्वाचन संयोजक माधवराज वास्तोलाले पद तथा गोपनियताको सपथ सहित पदास्थापना गराएका थिए । एशोसियसनका अध्यक्ष सानुमान जलारीको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सल्लाहकार कृष्ण थापा, उपाध्यक्ष सन्तोष मिश्र, नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष सुर्यप्रसाद ढकाल, मानवअधिकार शान्ति समाजका अध्यक्ष अमृत शुवर्णकार, तालनगरी साप्ताहिकका सम्पादक सुर्य सिकारु, धनुष वचत सहकारीका उपाध्यक्ष प्रदिप भुजेल, ट्युव टायर एशोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

विशिष्ठ जेष्ठता सदस्यको रुपमा निल बहादुर चौहान, श्याम बहादुर भण्डारी, कार्यालय प्रमुख पार्वती बराललगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासचिव पुरुषोत्तम सुवेदी कोषाध्यक्ष रत्न बहादुर थापाद्वारा प्रस्तुत प्रतिवेदनलाई पारित गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: